सम्भावित कोभिड संक्रमितको मनोदशा

Narayan Kandel
3 min readOct 22, 2020

कार्तिक ६, २०७७

कोभिडले अहिले विश्वभरी नै केहि फरक अवस्था सिर्जना गरेको छ। नलाग्दा सम्म जाबो रुघाखोकी त हो नी भन्दै मृत्युदरको हिसाव किताब केलाउन थालिन्छ। लागेपछि अपवादमा मै परे भने के होला भनेर सोच्न थालिन्छ। डाक्टरहरु साबुन पानीले हात धुनुहोस, मास्क लगाउनुहोस् भन्दै घाटी सुक्ने गरि चिच्याउन परिरहेको छ। उता अरु मानिसहरु भने केहि नै नभए जसरी दैनिक काममा लागि नै रहेका छन् कुनै सुरक्षाका सावधानी बेगर। राजनीतिककर्मी लाई आफ्नो स्वार्थ स्थापित गर्ने बाटो समेत बनेको छ कोभिड।

यहि माहोल बीच सुरुमा मौसमीको शङ्काबाट अहिले सम्भावित कोभिड रोगीमा आइपुगेको छ मेरो अवस्था। इशान भतिजको रुघाबाट सुरु भएर कृष्ण दाईमा आइपुग्दा औषधि खादा समेत नघट्ने ज्वोरो (९९ को ओरिपरि रहिरहने), घाटीमा खसखस, जिउ दुख्ने साथै अन्य लक्षण देखिदा सम्म कार्तिकको महिनामा प्राय जसो देखिने भाइरलको अनुमान थियो । थप स्वास फेर्न गारो हुने, खासै स्वाद थाहा नहुने (ज्वोरो आउदा मुख तितो हुने खालको, गाउ घरमा कोखत परेको भन्छन क्यारे) लगायत लक्षणले भने कोभिड नै लागेको हो कि भन्ने तिर शंका गएको छ। कोही कसैको कन्ट्याक ट्रेसीङ्गमा नपरेकोले गर्दा पी. सी. आर. नगरि भन्न नसकिने अवस्था छ।

पी. सी. आर. गर्ने कि नगर्ने? के हुन्छ पी. सी. आर. गरेर ? उइ घर आइ एकान्तमा बस्ने बाहेक। खास औषधि केहि छैन अझै पनि। अब घरमा इशा भतिजी (वर्ष ९), आमा (वर्ष ६०) मा हल्का रुघा देखिसकेको छ। कृशल भतिज (महिना ९) को आखा रसिलो देखिन्थ्यो आज। बुवा (वर्ष ६०) को पनि शरीरबाट पसिना आइराख्ने, अलिअलि खोक्ने भै राखेको छ रे। परिवारमा अलि केहि नभएको भनेको म र भाउजु मात्रै छौ।म पनि दिउसो सुत्दा हल्का स्वास फेर्न गारो भएको हो कि भन्ने जस्तो चाही भएको थियो।घरबाट बाहिर ननिस्कने सल्लाह गरि पी. सी. आर. अहिले नै नगरौ भन्नेमा पुगियो। पी. सी. आर. कै लागि अस्पताल जादा फेरी बोकेर आइन्छ कि भन्ने डरले गर्दा (दाईको बिमा त थियो। हिहि ) । अब खाना अनि अन्य कुरामा ध्यान दिनु बेश होला भनेर इन्टरनेटमा खोज्न थाले।

भिटामीन ‘सी’, ‘बी’, ‘डी’ र प्रोटिनयुक्त खानेकुरा खान र झोलिलो पदार्थको अत्यधिक मात्रामा सेवन गर्न चिकित्सकले सुझाउने गरेका रहेछन। भिटामिन ‘सी’ को मात्रा बढाउन कागती, अमलाप्रोटिन युक्त खानेकुराका लागि अन्डा, मकै, भटमास, कोदोदेखि काजु, ओखर, बदामलगायत कुरा पहिलेको भन्दा बढी खानु आवश्यक थियो। हरिया सागपात, सलाद, रेसादार फलफूल र शरीरमा पानीको मात्रा कम हुन नदिने, तातोपानी प्रशस्त खान सल्लाह दिने रहेछन। कागती, मह, गुर्जो, तुलसी पत्ता, अदुवा, बेसार, दालचिनी, मरिच, ज्वानो, जिरासहित खानेकुराको प्रयोग पनि उपयुक्त हुने भन्ने बुझियो। शारीरिक स्फूर्ति र मानसिक तनाव हटाउनका लागि व्यायाम, ध्यान आदि गर्न सल्लाह दिदा रहिछन। यस बाहेक अलि बढी जटिल देखिएमा खान भन्दै Paracetamol, Azithromycin tablet (for 3 days), Zinc tablet, Vitamin C tablet, Vitamin D tablet, Vitamin E tablet, Calcium Tablets भिडाए डाक्टरले। फेरी यी औषधिहरुले गर्ने असर भन्ने बारेको सेतोपाटिको एउटा समाचार सम्झिए।

अब यावत सबै कुराहरुको बारेमा बुझेपछि केहि दिन घरायसी तरिकामा विशेष जोड दिएर अरु लक्षणहरु हेर्दै शरीरमा अक्सिजनको मात्रा मुल्यांकन गर्ने र ९० भन्दा तल देखिए डाक्टरको सल्लाह लिने निचोडमा पुग्यौ। यी यावत कुरा मै बित्यो मेरो सम्भावित कोभिडको पहिलो दिन।

कोभिडको सम्भावित लक्षणहरु

रुघा र सुक्खा खोकी लाग्नु, अधिक ज्वरो आउनु, टाउको दुख्नु, श्वास प्रश्वासमा समस्या आउने, मुखमा स्वाद नआउनु र गन्ध चाल नपाउनु, दिसा लाग्नु, पिसाबमा पनि समस्या देखिनु, ज्यान दुख्नु, अधिक शिथिलपना आउनु, शरीर चिलाउनु, राता बिबिरा आउनु आदि।

Update:

कार्तिक १२: हल्का छाती दुख्ने र खोकी लाग्ने क्रम जारी रहेपछि दाई हिजो पी. सी. आर. गर्नु भयो। र आज बिहानै नेगेटिभ रिजल्ट रहेको बुझ्नमा आयो। अब को समस्या के ले तेस्तो समस्या निम्त्यायो भन्ने पत्ता लगाउनुमा छ।

मेरो कोभिड इतिहास

२०७७ पौष ९: कोभिड -१९ positive (कोलकत्ता बाट फर्किदा)।
२०७८ वैशाख २३/जेष्ठ १३/पुष १९: पहिलो/दोश्रो र बुस्टर खोप (pfizer) लगाए।

२०७९ मङ्सिर १२ : दोश्रो कोभिड १९ positive (Thanksgiving dinner को प्रभाव)

खाना तथा लक्षणहरुको श्रोत:

https://nagariknews.nagariknetwork.com/arts/351681-1601699203.html

--

--