योगमाया: आत्मसमर्पण गर्न नजान्ने एक योद्दा

Narayan Kandel
2 min readNov 20, 2020

--

मङ्सिर ५, २०७७

आज भन्दा करिब ८-९ महिना अघि पढेर मेरो दिमाखमा एकदमै बसिरहेको उपन्यास हो योगमाया (लेखक: निलम कार्की निहारिका)। योगमाया मुलधारमा खासै चर्चा नभएको एक महिला योद्दा हुन् । यो उपन्यास पढ़ेदेखी नै योगमाया प्रति एक प्रकारको सम्मान बढेर गएको छ म मा ।

योगमाया परिवार, समाज अनि राष्ट्रसंग समानताको अधिकारको लागि निरन्तर लड्ने एक योद्दाको कथा हो। थिचोमिचो र भेदभाव विरुद्द झुकेर नभई लडेर आफ्नो अधिकार लिन खोज्ने र अधिकार प्राप्तिको लागि जुनसुकै हदसम्म पनि भिड्न तयार एक लडाकु हुन् योगमाया ।

योगमाया

सानैमा बिहे हुन्छ। घर जान्छिन्। माइतबाट धेरै समयसम्म खबर पठाउदा पनि लिन आउदैनन।अनि घरबाट भागेर जान्छिन् माइत। बाटोमा सोच्दै नसोचेको घटनाहरु भोग्छिन। (बाघसंगको जम्काभेट, घना जंगलको यात्रा आदि ) तर घरमा पुग्दा सोचेको सत्कार पाउदिनन अनि त्यहाबाट सुरु हुन्छ उनको खराब दिन ? (अथवा आफ्नै निर्णयमा बाच्ने दिन ) माइतकाले घर पुराइ दिदा घरकाले स्विकार्दैनन। रात अन्तै बिताएको भनेर। अनि अलि समय पछि गाउकै एक जनासंग आसम (इंडिया) पुग्छिन। उता विभिन्न घटनाहरु घट्छन। जोगी अनि बाबाहरुको संगतले योग र ध्यान बारे चेतना बढ्दै जान्छ।

धेरै वर्ष पछि दिदीको आग्रह मानेर लिन जान्छन भाई। आफ्नै दिदिलाई पनि चुलोमा राख्न हिच्किचाउने भाईबाट प्रस्ट हुन्छ उनि प्रति परिवारको धारणा। (भागी विवाह गरेकोले भात घटी भएकी दिदीले छोएको खादा आफ्नो पण्डित पद धरापमा पर्छ कि भन्ने डर देखिन्छ।) पछि पनि दिदीका अनेक कामहरुमा भाइको असहमति रही नै रहन्छ। तर यि असहमतिले खासै मैना राख्दैन योगमायालाई। गाउमा साहु महाजनको थिचो मिचो र जान्ने सुन्नेहरुको (पण्डित) स्वार्थी कुराको बिरुद्दमा आवाज उठाई सिधै जोखिम मोल्छिन। न उनलाई कसैको धम्कीले रोक्न सक्छ न कसैको डरले। पछि उनि राणा शासन र त्यसले सिर्जना गरेको भेदभावको बिरुद्दमा समेत कुनै डर बिना आवाज उठाउन पछि पर्दिनन। र यतिकैमा उनको जीवन सकिन्छ।

उनले उठाएका धेरै कुराहरु, जस्तै बाल विवाह, कमलरी प्रथा, सति प्रथाको अन्त्य, गरुड पुराणको विरोध आदी, समाजका आवाज विहीनहरुको आवाज थिए । त्यस कालखण्डमा वेद भनेको ज्ञानको मार्ग हो भनि महिला, बालबालिका तथा दलितहरुलाई समेत विभिन्न अवरोधको सामना गरेर वेद पढ्न, बुझ्न गरेको प्रयास अनुकरणीय देखिन्छ। समाज अनि जीवनमा भोग्ने थिचो मिचोमा २ बाटाहरु हुन्छन। एक थिचो मिचो सहने अनि जस्तो चलि राखेको छ उस्तै छोड्ने। अर्को तेस्ता थिचोमिचो बिरुद्दमा आवाज उठाउने। योगमाया आफ्नो जीवनभरी दोस्रो बाटो हिडिन र समानताको निम्ति आफ्नो जीवन अर्पण गरिन ।

यो किताबले साना देखि ठुला सबैमा समानताको लागि निरन्तर लडिरहन आट र हौसला दिन्छ। ढिलै भए पनि योगमायाको जीवनी जान्ने बुझ्ने मौका दिएकोमा लेखक निलम कार्की निहारिकालाई धेरै धेरै धन्यवाद।

योगमाया बारे थप https://en.wikipedia.org/wiki/Yogmaya_Neupane

Sign up to discover human stories that deepen your understanding of the world.

Free

Distraction-free reading. No ads.

Organize your knowledge with lists and highlights.

Tell your story. Find your audience.

Membership

Read member-only stories

Support writers you read most

Earn money for your writing

Listen to audio narrations

Read offline with the Medium app

--

--

No responses yet

Write a response