मुक्तकहरु

Narayan Kandel
Jan 22, 2024

--

सधै बोलिराखने मानिस, आफूबीच नहुदा पनि बेला बेला मा खाली महसुस हुने रहिछ। महाविरको देवासन पछि धेरै पल्ट आफुले भोगेको इमोसन तल उल्लेखित मुक्तकमा।

धेरै पछि तिमीसँग आज बोल्न मन लागेको थियो।
गुम्सिएका सबै भावना खोल्न मन लागेको थियो।
छुटिनुको पिडा खोइ कसरी पो होला कम गर्ने?
तिमीसँग बाडिएको भूत पोल्न मन लागेको थियो।

केहि मान्छेको आगमन अरु भन्दा अलि फरक हुने रहिछ। उनीहरुले केहि राय नबनाउने गरि आफुलाई व्यक्त गर्ने ठाउँ बनाइदिदाको इमोसन तल उल्लेखित मुक्तकमा

केहि दिनदेखि आनन्द भाको छ।
समयमै सुत्ने र उठ्ने भाको छ।
खै कसको प्रभाव पर्यो जिन्दगीमा।
जिन्दगीनै रिस्टपुस्ट भाको छ।

पहाड चड्ने कि हरेस खाने अलमल छु अचेल।
कमजोरीहरुको सिँगारमा झलमल छु अचेल।
पाटनमा भेटेकी ति बजैले झकझकाउछिन सपनीमा
खुसीमै अल्झिनेे कि गन्तव्य पुग्ने ढलमल छु अचेल।

प्रिय मित्र महाविरको सम्झनामा लेखिएका मुक्तकहरु।

©nKandel

--

--