फिल्म समिक्षा: गिफ्टेड ह्यान्डस् (Gifted hands)

Narayan Kandel
3 min readMay 29, 2020
Picture from imdb

बन्दाबन्दीले गर्दा खाली समय उपयोग गर्न भनि हेर्न बसेको थिए हलिउड फिल्म ‘गिफ्टेड ह्यान्डस्’ अर्थात उपहारका हातहरु। यो फिल्म एक अश्वत डाक्टरको सफलताको कथामा आधारित रहेछ। एक साधारण बालक कसरी आफ्नो मेहनत र आफ्नी एकल आमाको प्रेरणा मार्फत विभिन्न समस्याहरुसंग जुद्दै विश्व प्रशिद्द न्युरोसर्जन भए भन्ने बारेमा फिल्म केन्द्रित रहेछ। फिल्ममा अश्वत हुदा उनले भोगेका दुर्व्यवहार र त्यसले उनको जीवनमा पारेको प्रभाव केलाउने प्रयत्न पनि गरिएको रहेछ। यो फिल्म डा. बेन कार्सनको किताव “गिफ्टेड ह्यान्डस्” मा आधारित रहेछ।

फिल्मका डा. बेन कार्सन र २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन तर्फका सोह्र मध्य एक उमेद्वार (पार्टी उमेद्वार चयन चुनाव) डा. बेन कार्सन एकै व्यक्ति हुन् भन्ने थाहा पाउदा मलाई झन आकर्षण गरेको थियो यो फिल्मले। २०१६ को राष्ट्रपति चुनावमा निकै पछि सम्म मैदानमा रहेका अश्वत उमेद्वार थिए उनि।पछि अर्का रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा समर्थन गर्ने उच्चतम व्यक्तित्वहरु मध्य एक थिए ।

फिल्म बारेमा लेख्नु अघि तपाइले फिल्म हेर्नु भएको छैन र एक प्रेरणादायी फिल्म हेर्न चाहानुहुन्छ भने बाकी समीक्षा पढ्नु अघि फिल्म हेर्नुस र संगै बातचित गरौ भन्न चाहन्छु।

“Spoiler Ahead”

जर्मनीमा बस्ने दुई टाउको जोडिएका ना-बालकहरुको अप्रेशन गर्नु पर्ने काम जोन हप्किन विश्व विद्यालयमा कार्यरत डा. बेन कार्सनको काधमा आउने दृश्यबाट सुरु भएको फिल्म उनको बाल्यकाल देखि व्यावसायिक जीवनको केहि वर्षसम्म चक्कर लगाएर जर्मनीका दुई टाउको जोडिएका बच्चाहरुको अप्रेशन मै गएर टुंगिन्छ।

बालक कार्सन स्कुलमा नजान्ने भएकोले तथा कालो वर्ण भएकै कारणले गर्दा साथीहरुको जिस्काउने, होच्याउने बानीको सिकार हुन्छन। तर आफ्नो आमाको निरन्तर राम्रो गर्न सक्छस भन्ने आत्मविश्वास पूर्ण भनाइहरुको सहाराले सबै कुरा बिर्सेर अघि बढिरहेका हुन्छन। एउटा दृश्यमा कार्सनलाई आमाले पढ्न भन्छिन तर कार्सनले पढ्न सक्दैनन्। आमाले छोराको आँखा कमजोर रहेको थाहा पाउछिन। कार्सनकी आमा आफु अशिक्षित र अरुको घरमा काम गर्ने भए पनि छोराहरु त्यस्तो नहुन भनेर आफुलाई पढ्न नआउने कुरा लुकाउन अक्षरहरु आँखा नदेख्ने नाटक गरेकी हुन्छिन। कार्सनको नंया चस्मासंगै पढाई विस्तारै राम्रो हुदै जान्छन र पछि स्कुलको उत्कृष्ट बिद्यार्थी हुन्छन।उनि उत्कृष्ट हुनुमा आमाले हप्ताको २ ओटा किताब पढी सारांश भन्नुपर्ने नियमले ठुलो योगदान गरेको हुन्छ। स्कुलमा गरिएको रंगभेदी व्यवहारले गर्दा कार्सन परिवार बसाई सर्छन। कार्सनले बाल्यकालमा रहेको रिस समस्या तथा तेस्ले निम्त्याएको समस्या तथा बाइबल किताबका छन्दहरु आफ्नो जीवनमा प्रयोग गरि रिस उठ्ने समस्या हल गरेको देखाइएको छ।

हसिलो अनुहार मिठो बोलिबचन र जटिल भन्दा जटिल अप्रेशन पनि सफल गरेर उनले सबैको मन जितेका हुन्छन। जोन हप्किन विश्वविद्यालय जस्तो ठाउँमा पनि रङ्गभेदी व्यवहारको सिकार भएको दृश्य मनमै बिझाउँछ। फिल्म, मेडिकल क्षेत्रमा सार्हैनै गार्हो मानिएको दुई टाउको जोडिएका बालकहरुको सफलतापूर्वक अर्पेशनसंगै सकिन्छ। निरन्तरको मेहनत र परिश्रमले गर्दा उनि सफल भएको कुराले जो कोहीलाई जीवनमा हरेश नखाई थप मेहनत गरे सफलता अवश्य मिल्नेछ भन्ने प्रेरणा दिन्छ।

फिल्मका केहि सम्बादहरु

१. तपाईं अरू कसैले गर्न सक्ने जे पनि गर्न सक्नुहुन्छ। केवल तपाईं यसलाई राम्रो गर्न सक्नुहुन्छ। (you can do anything anyone else can do. Only you can do it better.)

२. सफलता तपाइले अवरोध सामना गर्नु भयो कि नै भन्नेले निर्धारण नगरी आएका अवरोधहरुको सामना कसरि गर्नु भयो भन्ने ले निर्धारण गर्दछ। र तपाइले यी अवरोध हरुलाई पर्खालको रुपमा लिनु भयो भने त्यो क्षमाको कारण बन्नेछ। यदि तपाईं तिनीहरूलाई बाधाको रूपमा हेर्नुभयो भने, प्रत्येकले अर्को बाधाको लागि तपाईंलाई बलियो बनाउँछ।(Success is determined not by whether or not you face obstacles, but by your reaction to them. And if you look at these obstacles as a containing fence, they become your excuse for failure. If you look at them as a hurdle, each one strengthens you for the next.)

--

--