Narayan Kandel
2 min readOct 11, 2020

तिमी जुन रहरले ममा फूल्न आयौ
सबै सुख हराए सधै चोट पायौँ।

जब जब म यो गित सुन्दछु एक दृश्य मेरो मानसपटलमा घुम्दछ। पित्तृ सत्तात्मक समाजको वैवाहिक परिवेश ।

एक १९-२० वर्षकी युवती पारिवारिक दवावमा आई एक जागिरे पौढसँग विहे गर्दछिन्। विवाह अघि परिवार तथा आफन्तहरुले ठूला सपनाहरु देखाएका हुन्छन् उनलाई। जागिरे केटो। राम्रो घर। सुखी बसाई। राम्रो भविष्य।

जव विवाह हुन्छ तव थाहा पाउछिन पतिको घरको हालत। एक कमाउने, धेरै खाने मुख। दैनिक गुजारा मै सकिने तलब । तैपनि केही गुनासो नगरी आफ्नो दैनिक कार्यमा लागि नै रहन्छिन।

उता विभिन्न कुरा गर्न खोज्दा खोज्दै काम नबनिरहेको परिवेशमा हुन्छ पति। घर धान्न पनि पूरा सहयोग नगर्ने जागिर। पत्नीका इच्छा आकाङ्क्षा बुझ्दा बुझ्दै, आफ्नो चाहना हुदाहुदै पनि केहि गर्न नसकिरहेको ऊ। यतिकैमा आफ्नी श्रीमतीलाई आफूले अन्यायमा पारेको सम्झेर गुनगुनाउछ।

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु
व्यर्थै तिमीले मेरो हात समायौ

बैसालु ती तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ती तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोतें
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधें

रुझे हुन ति तिम्रा पलक र आँखा
मसँग कहिले ईशारा नबोल्दै
रुखे हुन् ति तिम्रा यौबन र भाखा
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यतासँगै बिलाए म जस्तै

शब्द - दिनेश अधिकारी
स्वर - नारायण गोपाल
संगीत - दिब्य खालिङ
एल्बम- सुख दुख

Sign up to discover human stories that deepen your understanding of the world.

Free

Distraction-free reading. No ads.

Organize your knowledge with lists and highlights.

Tell your story. Find your audience.

Membership

Read member-only stories

Support writers you read most

Earn money for your writing

Listen to audio narrations

Read offline with the Medium app

No responses yet

Write a response